बैँक / वित्त

महिला शिक्षाका लागि काम गर्ने गुठीलाई सिद्धार्थको आर्थिक सहयोग

sidhharta bank donate

१९ असोज, काठमाडौं । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवालाई आर्थिक सहयोग गरेको छ । बैंकले गुठीलाई २ लाख ७९ हजार ५० रूपैयाँ सहयोग गरेको हो ।

सहयोग रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय भण्डारीले गुठीकी अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका छन् । बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्नेछ ।

देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पुर्याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस