समाचार

सस्तोमा डलर सटहीको प्रलोभन देखाएर १० लाख ठगी

arrest dollor

१९ असोज, काठमाडौं । सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भनेर ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला साबिक गढी गा.बि.स. वडा नम्वर ४ हाल बाह्रबिसे नगर पालिका वडा नम्वर ५ बस्ने ३८ बर्षिय श्रीखण्ड तामाङ, सोहि ठेगाना घर भई काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ मा डेरा गरी बस्ने हर्क तामाङ, बाह्रविसे नगरपालिका वडा नम्वर ५ कै ४७ बर्षिय चैते भनिने बुद्धीबहादुर तामाङ र ६० बर्षिय गोविन्द तामाङ रहेका छन् ।

नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए ।

गत १२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको एसपी पौडेलले बताए ।

आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस