सूचना प्रविधि

बूढानीलकण्ठमा टोल फ्री नम्बर सञ्चालन

budhanilkantha nagarpalika

१९ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिए ।

टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीलाई उक्त नंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस