समाचार

पोखरामा लागुऔषधसहित ५ जना पक्राउ

lagu ausadh

१९ असोज, पोखरा । कास्कीमा प्रहरीले लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगर– १६ का २१ वर्षीय समीर गुरुङ, उक्त स्थानकै २१ वर्षीय अथित गुरुङ, पोखरा– १६ का २४ वर्षीय मोहित खवास, पोखरा– १९ का १८ वर्षीय मनोज विक र पोखरा– १६ का २४ वर्षीय कुमार ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका सबै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०२३ विपरीतको कसुरअन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *