समाचार

सोमबार एकै दिन दुई वटा गैंडा मृत फेला

death rhino

१९ असोज, चितवन । सोमबार एकै दिन चितवनमा दुईवटा गैंडा मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले नारायणी नदीले बगाउँदै लगेको गैंडा गण्डक ब्यारेजबाट करिब आधा घण्टा बगेपछि मरेको जानकारी दिए ।

मृत गैंडाको भारतीय प्रोटोकलअनुसार सम्पूर्ण भाग जलाउने नीति रहेकोले सोहीअनुसार मृत गैंडाको अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको उनले बताए । सोमबार नै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरअन्तर्गतको वनकट्टा वनगछिया भन्ने स्थानको १ नम्बर मचानबाट पूर्वपट्टि बाटोको ढिकमा पनि एउटा गैंडा मृत फेला परेको छ ।

मरेको अवस्थामा करिव १०/१२ वर्षको भाले गैडा फेला परेको उनले बताए ।  सो मृत गैडाको प्रकृति हेर्दा गैंडाहरु एक आपसमा जुधेर घाइते भई मरेको अनुमान गरिएको छ । उक्त मृत गैंडाको पछाडिको खुट्टा मर्किएको अवस्थामा रहेको उनले बताए । गैंडाको खाग र खुर सुरक्षित छ ।

नारायणी नदीमै बगेको एउटा गैंडा शनिवार त्रिवेणीमा मृत फेला परेका थियो । चितवन निकुञ्जमा शुक्रवार मात्रै पनि नवलपुर लामिचौरमा रहेको निकुञ्जको पोष्टदेखि तीन किलो मिटर दक्षिणमा निकुञ्जभित्र मृत गैंडा फेला परेको थियो ।

२०७७ को साउन यतामात्रै चितवन राष्ट्रिय निकुञ्जमा सात वटा गैंडाको मृत्यु भएको छ । ती मध्ये एउटा गैंडा सिकारीले मारेको अवस्थामा भेटिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस