१९ असोज, पोखरा । नातामा भतिजी पर्ने एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरमा कोही नभएको अवस्थामा डर धम्की दिइ हाडनाता करणी गरेको आरोपमा प्रहरीले सर्लाहीका २१ वर्षीय पुरुषलाई आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । बलात्कृत किशोरीले भदौ २९ गते पश्चिमाञ्चल अस्पतालमा बालकलाई जन्म दिएकी भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिइ अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस