खेलकुद समाचार

आईपीएल : बेङ्गलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

delhi ipl 2020

२० असोज, काठमाडौं । जारी आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गरेको छ ।

आईपीएलमा बेङ्गलोरविरुद्ध दिल्लीको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१० दिल्लीले बेङ्गलोरलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै दिल्ली आईपीएलको तालिकामा शीर्ष स्थानमा पुगेको छ । दिल्लीको जीतमा मार्कस स्टोइनिस र कागिसो रबाडा नयाक रहे ।

टस हारेर ब्याटिङ गर्न उत्रेको दिल्लीले बेङ्गलोरलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बेङ्गलोरले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बनाउन सक्यो ।

बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । उनी सबै टी–२० खेलहरुमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय बने ।बेङ्गलोरलाई रोक्न कागिसो रबाडाले ४ विकेट लिए भने एनरिच नोर्तजेले २ विकेट लिए ।

यसअघि, मार्कस स्टोइनिसको अर्धशतकीय पारीको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । स्टोइनिसले २६ बलमा २ छक्का र ६ चौकाको मद्दतले नटआउट रहँदै ५३ रन बनाए ।

पृथ्वी शले ४२ तथा ऋषभ पन्तले ३७ रनको योगदान दिए । बेङ्गलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस