समाचार

चितवनमा कोरोनासंक्रमित वृद्धको मृत्यु

covid 19 dead

२० असोज, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस