समाचार

बीपी प्रतिष्ठानमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमितको मृत्यु

bp koirala

२० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार गत असोज १२ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

उनलाई मधुमेहको समस्या रहेको र यअसघि टीबी रोग पनि लागेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस