विश्व/प्रवास

हरेक १० मध्ये एकलाई कोरोना संक्रमणः डब्ल्यूएचओ

who covid 19 briefing

२० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ । डब्लुएचओले विश्वमा रहेका हरेक १० मानिसमध्ये एक जना संक्रमित हुनसक्ने बताएको हो ।

डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ । विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओको तथ्यांक छ । तर, पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या थुप्रै गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् ।

कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो । महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस