
२० असोज, काठमाडौं । आइतबार प्री-अलोटमेन्ट भएको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको मंगलबार बाँडफाँट भएको छ । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन भने ५ लाख २४ हजार ५४ जना आवेदनकर्ताको हात खाली भएको छ ।
७ लाख ९४ हजार जनाले आवेदन दिएकामा २ हजार १ सय ८८ जना आवेदकले ४८ हजार ६ सय ४० कित्ताका लागि दिएको आवेदन रद्द भएको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस