
२० असोज, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ८ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस