
२० असोज कैलाली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा एक जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको हो ।
आइपीएलमा कुनै खेलाडी आउट भएमा, रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा टिमले जितेमा वा हारेमा समेत अनलाईन मार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सट्टाबाजीमा प्रयोग भएको २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस