समाचार

प्रदेश ५ को राजधानी र नाममा मतदान प्रक्रिया सुरु

pradesh 5

२० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी र नामको पक्षमा मतदान प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आ-आफ्ना सांसदहरुका लागि ह्‌विप जारी गरेको छ ।

प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्‌विप नमान्‍ने घोषणा नै गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस