समाचार

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय सिन्धुली बन्द

covid 19

२० असोज, सिन्धुली । भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ ।

कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा सङ्क्रमण फैलन सक्ने भन्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द भएको उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस