समाचार

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, दुई तिहाइ बढी मतले पारित

Prov 5

२० असोज, बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ ।  प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे ।

भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *