
२० असोज, बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइ मतले पारित भएको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल खसेको ८३ मध्ये ७९ मत प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा खसेको हो । चार मत भने विपक्षमा खसेको थियो। कुल ८७ सांसदमध्ये मंगलबारको बैठकमा ८३ सांसदमात्रै उपस्थित थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस