२० असोज, काठमाडौं । काठमाडौंमा ७८३ सहित उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, मंगलबार नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस