विश्व/प्रवास

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार रोजर पेन्रोस, रेइनहार्ड गेन्जेल र आन्द्रिया गेजलाई

nobel prize

२० असोज, काठमाडौं । २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा भएको छ । यो पुरस्कार रोजर पेन्रोसले आधा तथा रेइनहार्ड गेन्जेल र आद्रिया गेजले संयुक्त रुपमा आधा–आधा पाउनेछन् ।  उनीहरुलाई ब्ल्याक होलबारे गरिएको खोजीका लागि पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुने रोजर बेलायतको अक्सफोर्ड विश्वविद्यालयका हुन् । उनले ब्ल्याक होलको तथ्यबारे पत्ता लगाएका थिए । स्वीडेनको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसका सचिव गोरान के हानसनले यसलाई द डार्केस्ट सेक्रेट्स अफ युनिभर्स भनेका छन् । रोजरले पुरस्कारको आधा र बाँकी दुईले आधा राशी प्राप्त गर्नेछन् ।

पुरस्कारको राशी एक करोड स्वीडिस क्रोनर छ । गेनजेल जर्मनीको म्याक्स प्लान्क विश्वविद्यालयका हुन् । गेज क्यालिफोर्निया विश्विद्यालयकी हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस