समाचार

चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा, ३ करोड बराबरको म्याद गुज्रेका सामान बरामद

chhapa

२० असोज, काठमाडौं । चडपर्व नजिकिएसँगै अनुगमन तथा छड्के अनुगमनलाई तीव्रता दिइरहेको प्रहरीको टोलीले आजपनि झण्डै ३ करोड मूल्य बराबरको म्याद गुज्रेका सामान चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्सबाट बरामद गरेको छ ।

म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।  पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर छन् ।

सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ । म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस