समाचार

मजदूरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द

tatopani naka

२० असोज, काठमाडौं । नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ ।

शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

मजदूरहरुमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको छ भने चीनतर्फ रहेका नेपाली मजदूरलाई फर्काउने विषयमा कुराकानी भैरहेको तातोपानी भन्सार कार्यालयको भनाई छ । सो नाका आइतबारदेखि सञ्चालनमा आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस