२० असोज, दाङ । दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दिपावली गरिएको छ। जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतमा बेलुका दिपावली गरिएको हो ।
मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस