२१ असोज, काठमाडौं । फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् ।
कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा फर्किसकेका छन् ।
ट्रम्पले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘फ्लू सिजनको साथमा बाँच्न सिक्नुहोस् । हुन त हामी कोभिडसँग बाँच्न सिकिरहेका छौं, धेरैजसो जनसंख्यामा यो निकै कम घातक छ ।’
प्रतिक्रिया दिनुहोस