बैँक / वित्त

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो

ipo

२१ असोज, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आज (असोज २१ गते) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये एक लाख २० हजार कित्ता कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २७ लाख ३० हजारको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

२०७७ असार १४ गते आईपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीलाई बोर्डले २०७७ असोज ६ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीको आईपीओमा छिटोमा असोज २५ गतेसम्म र उक्त समयमा  पर्याप्त आवेदन नपरे कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था  अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *