समाचार

केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

tatopani naka

२१ असोज, रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम  बढेको छ । आयात हुने सामग्री केरूङदेखि  रसुवागढीको  मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ ।

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । कोभिड – १९ उत्पत्ति  भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म रू ५० करोड राजश्व असूल भएको जनाइएको छ । परीक्षणका लागि दैनिक आठ ।

दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको  सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ । सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र  रसुवागढीबाट  टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको  व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ ।

कोभिड –१९ को जोखिम न्यूनीकरण  गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस