समाचार

गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण

surya subedi pathik

२१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु पुगेर फर्किएको थियो । त्यसैगरी २० असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोनासंक्रमण देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस