बैँक / वित्त

नेपाल इन्भेस्टमेन्ट बैंकको ८३ औं शाखा महेन्द्रनगरमा

nepal investment bank new branch

२१ असोज, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ ।

नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरेका छन् । महेन्द्रनगर शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान बैंकले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२५ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस