समाचार

वामदेवविरुद्धको मुद्दाको सुनुवाई स्थगित

bamdev

२१ असोज, काठमाडौं । वामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाई स्थगित भएको छ । आजका लागि तोकिएको पेशी सर्वोच्च अदालतमा कोरोना भाइरसको संक्रमण फैलिएर प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणासहित १६ जना न्यायाधीश होम आइशोलेशनमा बसेपछि स्थगित भएको हो ।

सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पछिल्ला ३ दिनदेखि अदालतको सेवा प्रभावित हुँदै आएको छ । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई भएको थियो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस