समाचार

राप्रपालाई निर्वाचन आयोगले मान्यता दियो, चुनाव चिन्ह हलो

kamal thapa

२१ असोज, काठमाडौं । राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकीकृत गर्न सकेकोमा गौरव लागेको बताएका छन्।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् ।

निर्वाचन आयोगलाई धन्यवाद दिँदै थापाले ट्वीटरमा लेखेका छन्, ‘अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ । राप्रपाको चुनावचिन्ह जनतासम्म पुर्‍याउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक सञ्जालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु । पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस