२१ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६ सय ८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १२ सय ९६, भक्तपुरका ९५ र ललितपुरका २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बुधबार नेपालमा थप ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस