समाचार

कैलालीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

police arrested 6 people for playing cards

२१ असोज, कैलाली । घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मल्लको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रुपैयाँ, २ गड्डी तास र १ थान मण्डी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस