खेलकुद समाचार

बागमती प्रदेश सरकारद्वारा क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड आर्थिक सहयोग

dhurumas suntali

२१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा एक कार्यक्रमकाबिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गरे । यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलाल फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको पनि जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस