समाचार

एकैपटक एक सय १४ जिल्ला न्यायाधीशको सरुवा (को कहाँ, सूचीसहित)

naya parisd

२१ असोज, काठमाडौं । एकैपटक ठूलो संख्यामा न्यायपरिषदले १ सय १४ जिल्ला न्यायाधीशको सरूवा र २९ जनाको पदस्थापन गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक ठूलो संख्यामा सरुवा गरेको हो ।

परिषदले जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा गरेको छ भने सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी पठाएको छ ।

यसैगरी जिल्ला अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा भएको छ । परिषद्ले महोत्तरीमा कार्यरत न्यायाधीश विष्णुप्रसाद सुवेदीलाई कपिलवस्तु सरुवा गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्जुन प्रसाद कोइरालालाई जिल्ला अदालत सुनसरी पठाएको छ । यस्तै कपिलवस्तु जिल्ला अदालतका न्यायधीश लोकजङ साहलाई दार्चुला पठाएको छ ।

यस्तै परिषद्ले हालसालै न्यायाधीश नियुक्त भएका २९ जनाको पदस्थापना समेत गरेको छ । २९ जना नै सर्वोच्च अदालतमा कार्यरत थिए ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस