बैँक / वित्त

सिटी एक्सप्रेस र अल फार्डन एक्सचेन्जको दशैं–तिहार बम्पर धमाका

city express offer

२१ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर  र दुबईस्थित अल फार्डन एक्सचेन्ज (AL Fardan Exchange) को संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै “ दशैं तिहार बम्पर धमाका” सार्वजनिक गरिएको छ ।

सो योजना अन्तर्गत दुबईको AL Fardan Exchange बाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टिभी, माईक्रो वेभजस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस