समाचार

माल्टा पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने युवक सुनसरीबाट पक्राउ

sujar rai

२१ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई रहेका छन् ।

विभिन्न प्रलोभनमा पारी नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा पठाइदिन्छुु भनि राईले ४८ लाख ९८ हजार रुपैयाँ ठगेको भन्दै गोपाल आचार्यले २०७६ फागुन ४ गते महाशाखामा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर अपराध महाशाखाले राईलाई सुनसरीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।

राईलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस