
२२ असोज, काठमाडौं । लैंगिक समानताका लागि उत्कृष्ट देश मध्ये फिनल्याण्ड अगाडि छ । प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छिन् ।
उनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन् । पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् । आभा मुर्तो नामकी ती किशोरी बुधवारका लागि प्रधानमन्त्री बनाइएकी हुन् ।
तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने छैनन् । उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको छ ।
संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस