
२२ असोज, काठमाडौं । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए । स्थानीयले नै उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ । यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस