समाचार

ग्यापुको दशैं-तिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, ७ जनालाई बम्पर उपहार

gyapu offer

२२ असोज, काठमाडौं । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केट प्लेसले  ‘दशैँ तिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको छ । ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, रिफ्रिरेजटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

मंसिर ५ गतेसम्म लागू हुने ग्यापुको दशै तिहार धमाकामा सामान्न किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने  खड्काले बताए । ग्यापुमा सपिङ गर्दा पहिला भन्दा सस्तो मुल्यमा सामान पाइने बताइएको छ ।  ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने जनाएको छ । अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको खड्काले बताए। त्यस्तै सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा अफर र डिस्काउन्ट दिने बताइएको छ ।

त्यस्तै ग्यापुमा असोज २३ गते  लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन् । फोन पे को तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन् । त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पाउनेछन् ।

त्यस्तै प्रभु पेको युजरले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने पाउने छन् । ग्यापुमा सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको सब्सकृप्सन सहित ओटिटि (मोबाइल टिभि) पाउनेछन् ।

सेल पेबाट भुक्तानी गरी ग्यापुमा सामान किन्ने ग्राहकले १०० प्रतिशत क्यास ब्याक पाउने छन् । त्यस्तै,एनआइसी एसिया ब‌ैकंले पनि २० प्रतिशत क्यास ब्याक दिने भएको छ । एक्सलट्रिप नेपाल, नेपाल ग्राम उद्योग, प्रान नेपाल, दि इसेन्सीयल लिभिङ, एभरेष्ट डक्च्यु, बाजेको सेकुवा, ब्रज ब्युटि र मामा मिया डेल्सको सहकार्यमा दैनिक दुई जनाले गिफ्ट पाउनेछन् । त्यस्तै धुलिखेल जिपलाइन, निफ एजुकेसन, फुलचोकी बुक्स, फिसिफिसि नेपालसँगको सहकार्यमा ग्यापुबाट हरेक साता एक जनाले  उपहार पाउनेछन् ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट gyapu.com मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन्।  त्यस्तै डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस