२२ असोज, काठमाडौं । पर्सामा १३१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका ५, देउरिया टोलका ४० वर्षीय राज ओझैया छन् ।
राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
प्रहरीका अनुसार पक्राउ परेका राजु वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा हुन् । वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।