२२ असोज, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारत बुटवल उपहानगरपालिका वार्ड नम्बर ६ का ८० बर्षीय पुरुषको आज दिउँसो १ बजेर २५ मिनेट जादाँ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
बुधबार कोरोना बिशेष अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेका थिए । उनमा बुधबार नै कोरोना पोजटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस