
२२ असोज, काठमाडौं । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
उनीसहितका ८ जनाले गाउँकै महिलालाई राति बोलाएर निर्घात कुटपीट गरेका थिए । उनीहरुले गत भदौ २७ गते मुर्तीदेवी यादवलाई राति धर्मनाथ यादवको घरमा लगि सामुहिक रुपमा कुटपिट गरेका थिए। कुटपिटबाट महिलाको २ ओटा दाँत भाँचिएका छन् ।
सन्तोषलाई प्रदेश नं २ प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले नेपाल–भारत सीमा ठाँडीबाट पक्राउ गरेको डीआईजी धिरजप्रताप सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस