समाचार

कोभिड-१९ को असरः अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

online business

२२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण शिथिल व्यापार व्यवसाय प्रवद्र्धनका लागि महिला उद्यमीहरुले अनलाइन व्यापारको बाटो अपनाउने भएका छन् ।

व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट फर्म सोचेको डटकमबीच लिखित सम्झौता भएको हो । चेम्बरकी सदस्य लीमा अधिकारीले कोभिड–१९ का कारण धारासायी भएको व्यापार/व्यवसाय अनलाइन ई कमर्स मार्फत चलायमान बनाउने उद्देश्यले उक्त सम्झौता भएको जानकारी दिइन् ।

महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगका साथै चेम्बरमा आवद्ध महिला उद्यमीबाट उत्पादित व्यापार अभिवृद्धि गर्न एकीकृत रुपमा अनलाइन व्यापार सुरु गरिने बताइन् । सम्झौतापत्रमा चेम्बरकी अध्यक्ष श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक कैलाश लोहनीले हस्ताक्षर गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस