समाचार

दशैंमा घुम्दै हुनुहुन्छ ? एक्सलट्रीपले दिँदैछ क्यास ब्याक र ट्राभल प्याकेज उपहार

xcel trip

२२ असोज, काठमाडौं । एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ । बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ ।   असोज २२ गतेदेखि मंसिर ५ गते सम्म लागू हुने यो योजनामा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता १ जनाले २५०० रुपैयाँसम्मको होटल भौचर पाउनेछन् ।

बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली बिजेतालाई दुई रात तीन दिनको काठमाडौं–पोखरा–काठमाडौंको कप्पल प्याकेज दिइने एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर शरद प्रधानले बताए । त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले  नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ ।

एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसँग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर प्रधानले बताए ।

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np ) बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।

एक्सलट्रिपमा नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैंकहरुको मोबाइल बैकिङ एप र सम्पूर्ण बैंक कार्ड प्रयोग गरि नेपालभित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस