समाचार

काठमाडौं उपत्यकामा एकैपटक थपिए २५ सय बढीमा कोरोना संक्रमित

kathmandu check point

२२ असोज, काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २ हजार ५४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका २ हजार ८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिहीबार नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस