समाचार

डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन

student union

२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलई दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।

तर सरकारल डा. केसीका माग पूरा गर्न गम्भिर नदेखिएको काफ्लेले बताए । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको उनको भनाइ थियो ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्‍न नाराअंकित ब्यानर र प्लेकार्ड लिएर सहभागी भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दूरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *