समाचार

अबदेखि प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने

Nepal Police Headquarter

२२ असोज, काठमाडौं । प्रहरीको पोसाक लगाएर अब टिकटक सहितका भिडियो गराउन अब नपाइने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रहरी पोसाकहरूको दुरुपयोग भएको भन्दै  विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा अबदेखि प्रहरी पोसाकको जथाभावी प्रयोग नगर्न निर्देशन दिएको हो ।

कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रधान कार्यालयले सचेत गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *