
२२ असोज, वीरगञ्ज । भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले १२ वटा भैंसीसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
फेटा गाउँपालिका–१ रजवटीया टोल बस्ने २३ वर्षीय अरुण हजरा र १९ वर्षीय निकेश पासवानलाई नियन्त्रणमा लिएको हो । उनीहरुले भारतबाट ३ लाख १८ हजार मूल्य पर्ने पाडा-पाडीसहित १२ वटा भैंसी भन्सार छलेर चोरी पैठारी गरी ल्याएको प्रहरीको जनाएको छ ।
भैंसीसहित पक्राउ परेका उनीहरुलाई भन्सार ऐन अनुसार आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस