समाचार

डा. केसीको जीवन रक्षा गर्न राप्रपाको माग

raprapa

२२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहेका प्रा डा गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीबीचको बैठकले उक्त निर्णय गरेको हो । बैठकले डा. केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै, बैठकले जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने र केन्द्रीय कार्यसमिति विस्तार गर्ने निर्णय गरेको उनले बताए। अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताए।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित राप्रपालाई अध्यक्षत्रयले आगामी चुनावमा   अग्रणी शक्ति बनाउने दृढता व्यक्त गरेको पार्टी केन्द्रीय सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस