समाचार

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

covid 19 test

२२ असोज, सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई आज  सङ्क्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराए । उनले भने, “अहिले म  होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ”

यसैबीच जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन ।

जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस