समाचार

दाङबाट एक किलो अवैध सुनसहित तीनजना पक्राउ

sun sahit pakrau

२२ असोज, दाङ । प्रहरीले एक किलो अवैध सुनसहित दाङबाट तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा लमही नगरपालिका ९ अमिलिया बजार क्षेत्रबाट तीनजना पक्राउ परेको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।

प्रहरी प्रवक्ता खड्काका अनुसार जुत्तामा लुकाएको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको हो । बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५/५ सय ग्रामको सुन जस्तै देखिने धातु बरामद भएको खड्काको भनाइ छ ।

पक्राउ पर्नेमा दुई घोराही र एक  बुटवलका छन् । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस